खाँडादेवी मन्दिरमा सरकारको तर्फबाट पञ्चबली पूजा

1.32k
Shares

रामेछाप ।

रामेछापको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको खाँडादेवी मन्दिरमा सरकारको तर्फबाट पञ्चबली पूजा गरिएको छ ।
खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीका पञ्चबलीमा परम्पराअनुसार राँगो, बोका, हाँस, कुखुरा र परेवा अर्पण गरिएको छ । राजतन्त्रको समयमा दरबारबाटै मन्दिरमा पुजाका लागि सामग्री पठाउने चलन थियो । तर पछिल्ला २००९ पश्चात दरवारले पुजा सामाग्री नपठाएको कारण खाँडादेवी विकास कोषले नै सरकारको नाममा पञ्चबली पूजा गर्ने गरेको कोषाध्यक्ष बुढाथोकीले बताए ।

सरकारी पूजाका लागि पुरातत्व विभागलगायतका सम्बन्धित निकायमा हरेक वर्ष पत्राचार गर्ने गरिए पनि औपचारिक प्रतिक्रिया नआएको बिकास कोषका अध्यक्ष सेर बहादुर तमाङले बताए । चैते दशैँ र वडा दशैँका अवसरमा वर्षमा दुई पटक सरकारी पूजा हुने परम्परा रहेको खाँडादेवी मन्दिरलाई स्थानीयहरूले “दरबारको देवी” भन्ने पनि गर्दछन् ।
पञ्चबली पूजा सम्पन्न भएपछि स्थानीयवासी, सरकारी निकायका प्रतिनिधि र जनप्रतिनिधिलाई निमन्त्रणा गरी सामूहिक रूपमा प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।