काठमाडौं ।
सर्लाहीको बलरा, लक्ष्मीपुरका ८६ वर्षीय माधव मिश्रको जीवन ढेंग रेल स्टेसनसँग गहिरो रूपमा जोडिएको छ। भारतको बिहारस्थित सीतामढी जिल्लामा रहेको यो सानो स्टेसन कुनै समय सर्लाहीसहितका दर्जनौं नेपाली गाउँको बाहिरी संसारसँगको एक मात्र सम्पर्क बिन्दु थियो।
वि.सं. २०१८ मा सरकारी सेवामा नियुक्त भएपछि मिश्र झापा, काठमाडौं लगायत स्थानहरूमा ढेंगमार्ग हुँदै रेलबाटै यात्रा गर्थे। एक समय बयलगाडा, खुरपैयाँ बाटो हुँदै ढेंग पुग्ने जनजीवन आज गाउँ–गाउँमा पक्की सडक, बस, मोटरसाइकल र इभी टेम्पुहरूको पहुँचमा आइपुगेको छ।

ढेंग स्टेसनबाट चल्ने रेलहरूले शिक्षा, रोजगार, उपचार, बिहे, व्यापार जस्ता दैनिक जीवनका गतिविधिमा ठूलो योगदान दिएको थियो। समयसापेक्ष विकासले अहिले त्यो सम्पर्क टुटेको छ। अब ढेंग स्टेसनको चर्चा पुराना पुस्ताका मीठा स्मृतिका रूपमा मात्रै बाँकी रहेको स्थानियले बताए।
साँघुरा ट्रयाकमा कुद्ने रेलदेखि हालको विद्युतीय रेलसम्मको यात्रा र परिवर्तनले ढेंगलाई बिर्सन नसकिने ऐतिहासिक महत्व दिएको छ।












प्रतिक्रिया