चाडबाडमा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई कारबाही हुने : मन्त्री घिसिङ


काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडको मौका छोपी स्वीकृत भन्दा बढी भाडा असुल गर्ने र टिकटमा कालोबजारी गर्ने यातायात व्यवसायीमाथि कडा कारबाही हुने बताएका छन्।

बुधबार एक वक्तव्यमार्फत मन्त्री घिसिङले यात्रुहरूबाट लगातार गुनासा आइरहेको जनाउँदै यस्तो गैरकानुनी कार्य तत्काल बन्द गर्न आग्रह गरे।

उनले हालको विषम परिस्थितिमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै यात्रुलाई अनावश्यक दुःख नदिइ चाडबाडलाई कमाइको अवसर नबनाउन चेतावनी दिएका छन्।

साथै, यस्ता कार्य भएको पाइएमा तत्काल स्थानीय प्रशासन र सुरक्षा निकायलाई जानकारी गराउन समेत आग्रह गरेका छन्।