काठमाडौं ।
वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ।
पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयमा विवाद चर्किँदा २० वर्षीय गोल्डेन (पहिचान खुल्न बाँकी) माथि भाटोले आक्रमण गरिएको थियो।
गम्भीर घाइते उनलाई नारायणी अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको हो। घटनासँग सम्बन्धित आशंकामा तीन जना नियन्त्रणमा छन् भने थप अनुसन्धान जारी रहेको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।











प्रतिक्रिया