प्रहरीमाथि अभद्र व्यवहार, एक जना पक्राउ


काठमाडौँ ।

काठमाडौँको बुद्धनगरबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख गाउँपालिका–५ घर भई हाल बबरमहल बस्ने ३६ वर्षीया नेवाङ्ग तामाङ रहेका छन्।

चाडपर्वको समयमा सडक सुरक्षामा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।