सवारी दुर्घटनामा चार जनाको ज्यान गयो


काठमाडौं ।

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सुनसरीको बराहक्षेत्रमा स्कुटर दुर्घटनामा कमल पौडेल, लमजुङमा मोटरसाइकल दुर्घटनामा समिर ठकुरी, ओखलढुङ्गामा बस र मोटरसाइकल ठोक्किँदा विनोद कटवालको र बारामा कारको ठक्करबाट पैदलयात्री प्यारी साहको मृत्यु भएको हो।

घाइते एक जनाको उपचार भइरहेको छ भने दुई चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।