१२ वर्षीया बालिकामाथि करणी, युवक पक्राउ


गुल्मी ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने २५ वर्षीय राजु सार्की पक्राउ परेका छन्।

बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका सार्कीलाई पीडित पक्षको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले सोमबार दिउँसो पक्राउ गरेको हो।

घटनासम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ।