काठमाडौं ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।
रूपन्देहीको बुटवलबाट ३.६१ ग्राम ब्राउनसुगरसहित दुई जना, मकवानपुरको तुलसीपुरबाट ५१० मिलिग्राम खैरो हेरोइनसहित एक जना, बर्दियाको कण्ठपुरबाट १.१५ ग्राम ब्राउनसुगरसहित दुई जना र इलाम नगरपालिका–८ बाट ३४० मिलिग्राम ब्राउनसुगरसहित एक जना सोमबार दिउँसो पक्राउ परेका हुन्।
उनीहरूलाई लागूऔषधसहित सम्बन्धित स्थानका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया