दसैँमा काठमाडौँ छाड्नेको संख्या साढे पाँच लाख नाघ्यो


काठमाडौँ ।

दसैँको चहलपहलसँगै हालसम्म ५ लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज दिउसो सम्मको तथ्याङ्क यस्तो देखिएको हो। यात्रुको चाप बढेसँगै सवारी नाका तथा पार्किङस्थलमा ट्राफिक प्रहरी थप गरिएको छ।

यात्रु सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन्। यसैबीच, उपत्यकामा ७२ हजारभन्दा बढी सवारीमार्फत २ लाख ८५ हजारभन्दा बढी यात्रु भित्रिएका छन्।