काठमाडौ ।
रामेछापबाट लुक्ला तर्फको हवाई उडान सुरु गरिएको छ। शरद ऋतुमा सगरमाथा आधार शिविर र आरोहणका लागि आउने पर्यटकलाई लक्षित गर्दै उडान सञ्चालन भएको हो।
पर्यटकहरू काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली (रामेछाप) ल्याइन्छन् र त्यहाँबाट लुक्लातर्फ हवाई यात्रा गराइन्छ। सीता, तारा र समिट एयरले नियमित सेवा दिइरहेका छन्।
अनुकूल मौसममा दैनिक ५०–६५ उडानसम्म भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईले जानकारी दिए।











प्रतिक्रिया