काठमाडौँ ।
बडादसैँको महाअष्टमीका दिन काठमाडौँ उपत्यका सुनसान देखिएको छ। दसैँ मनाउन धेरै सर्वसाधारण स्थायी ठेगाना फर्किएसँगै सडक, चोक र बजार क्षेत्रहरूमा चहलपहल कम देखिएको हो।
ट्राफिक प्रहरीका अनुसार फूलपातीका दिन मात्र करिब डेढ लाख यात्रुले राजधानी छाडेका थिए। त्यो दिन उपत्यकाका मुख्य नाका, बसपार्क र बजारहरूमा अत्यधिक भीड थियो।
महाअष्टमीबाट सडकमा सवारी साधन र सर्वसाधारणको उपस्थिति घट्दो छ। यद्यपि, टिकाको दिनदेखि भने राजधानीमा पुनः चहलपहल बढ्ने अनुमान गरिएको छ।











प्रतिक्रिया