काठमाडौं ।
विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू असोज १५ गते (नवमी) र १६ गते (टीका) गरी दशैंमा दुई दिन बन्द हुने भएका छन्।
नेपाल राजपत्रअनुसार दूतावासहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदा समायोजन गरी वर्षमा अधिकतम १८ दिनसम्म विदा लिन सक्ने व्यवस्था छ।
दूतावासहरूले सूचना जारी गर्दै अत्यावश्यक सेवाका लागि आवश्यक परेमा काम गर्न सकिने जनाएका छन्।
यद्यपि, यूएईस्थित नेपाली दूतावासले भने तीन दिन विदा दिएको छ। अन्य दूतावासहरूले आवश्यकताअनुसार विदाको व्यवस्था मिलाएका छन्।











प्रतिक्रिया