१७ वर्षमा समावेशी समूहबाट २५ हजार बढी कर्मचारी स्थायी नियुक्त


काठमाडौं ।

लोकसेवा आयोगले पछिल्ला १७ वर्षमा समावेशी समूहबाट २५ हजार २१८ जनालाई निजामती सेवामा स्थायी नियुक्ति दिएको छ।

आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार, वि.सं. २०६४ सालदेखि सुरु भएको समावेशी प्रणालीअन्तर्गत महिलासहित ६ समूहबाट नियुक्ति हुँदै आएको हो।

आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १ हजार ६६ जना समावेशी उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

जसमा महिलातर्फ ३४१, आदिवासी/जनजाति २८२, मधेसी २४८, दलित १०४, अपाङ्ग ४९ र पिछडिएको क्षेत्रतर्फ ४२ जना रहेका छन्।

समावेशी उम्मेदवारहरू खुला प्रतिस्पर्धाबाट समेत सिफारिस भएका आयोगले जनाएको छ।