लमजुङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु


काठमाडौ ।

लमजुङको राइनास नगरपालिका–३, नौबिसे नजिक पाउँदी–बोराङखोला सडकखण्डमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको छ।

अनियन्त्रित मोटरसाइकल नालीमा खस्दा उनी गम्भीर घाइते भई उपचारका क्रममा सहोदर अस्पतालमा मृत घोषित भएका हुन्।

सोही दुर्घटनामा घाइते २६ वर्षीय देवराज ठकुरीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।