काठमाडौं ।
मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्।
४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवा खेल्दै गर्दा प्रहरीले उनीसहित ९ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट नगद २ लाख १ हजार २ सय ५० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।











प्रतिक्रिया