दशैंमा घर फर्किने यात्रु जाममा अल्झिए, बीपी र अरनिको राजमार्गमा सास्ती


काठमाडौ ।

दशैं नजिकिँदै जाँदा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किने यात्रुको चाप बढेसँगै बीपी र अरनिको राजमार्गमा भीड र जामले यात्रुहरूलाई सास्ती दिएको छ।

विशेषगरी बाढीपहिरोले क्षति पु¥याएको सडकका कारण बीपी राजमार्ग हुँदै पूर्व जाने यात्रुहरू जाममा अल्झिएका छन्।

सूर्याेविनायक–धुलिखेल सडक निर्माणाधीन हुनुका साथै साँघुरो सडक र बिग्रिएका स्थानले जाम बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल ध्वजुले बताए।

गत वर्षको बाढीले चौकीडाँडा–नेपालथोक खण्डको करिब १२ किलोमिटर सडक बगाएको थियो, जुन हाल अस्थायी रूपमा सञ्चालनमा छ।

यस्तै, अरनिको राजमार्गको धुलिखेल–खावा खण्डमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

यात्रुहरू लामो जामका कारण समयमै गन्तव्य पुग्न कठिनाइ भएको गुनासो गर्छन्।