राष्ट्रपतिको आग्रह : समयमै निर्वाचन सम्पन्न गर्न संयमित र सहकार्यशील बनौं


काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सबैलाई संयमित र सहकार्यशील हुन आग्रह गरेका छन्।

वडादसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले फागुन २१ मा तोकिएको निर्वाचनलाई सफल बनाउनेतर्फ सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका हुन्।

राष्ट्रपतिले हाल मुलुकमा देखिएको असामान्य परिस्थिति, जनधनको क्षति र अन्य चुनौतीहरूको उपयुक्त व्यवस्थापन गर्दै निर्वाचनमार्फत जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

साथै, उनले राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना समेत गरेका छन्।