काठमाडौँ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरिएको मन्त्री खरेलले बताएका छन् ।
हालसम्म आफूसहित ८ सदस्यीय मन्त्रिपरिषद् बनाएकी उनले सल्लाहकार पनि नियुक्त गरेकी हुन् ।
खनाल २५ वर्षदेखि पत्रकारितामा संलग्न छन् ।
उनी दुई वर्षदेखि भ्रष्टाचार, दण्डहीनता, सुशासन र राष्ट्रिय सुरक्षासम्बन्धी चासोबारेमा अनुसन्धानमा पनि संलग्न छन् ।











प्रतिक्रिया