नयाँ पार्टी खोल्न हर्क साम्पाङले निर्वाचन आयोगमा दिए निवेदन


काठमाडौँ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि आफै उपस्थित भएर निवेदन दिएका हुन् । अहिले पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगले जनाएका छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर उनले पार्टी खोल्ने प्रक्रिया अघि बढाएका हुन् । नयाँ पार्टी खोल्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पनि तयारी छ ।