उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ नेपालटार कमानबाट शनिबार बिहान अवैध लागु औषधका रुपमा मानिएको गाँजासहित दुई महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शनिबार बिहान ६ं४५ बजे उदयपुरगढी गापा वडा नं ७ नेपालटारस्थित कमानमा अस्थायी प्रहरी चौकी नेपालटारबाट चेक जाँचमा खटिएको प्रहरीको टोलीले दुई महिलालाई प्रतिबन्धित लागु औषधका रुपमा मानिएको ११.८५२ केजी गाँजा सहित पक्राउ गरिएको हो ।
सिराहा जिल्लाको लहान नगरपालिका वडा नं १७ घर भएका दुबै महिला निर्कै पहिलेदेखि चोरबाट हुँदै गाँजाको व्यापार गर्दै आएको र यस पटक उनीहरुले लाहानबाट तरिगाना गाउँ हुँदै बरदमार, काभ्रेपानी, स्वर्गे भन्ज्याङ। सान्दाने गाउँ हुँदै पैदल हिडेर नेपालटार निस्किएको र राती नेपालटारमा बास बसेर हिड्दै गाईघाटतिर जाँदै गर्दा दुबैलाई चेकजाँचका क्रममा कमानमा ११.८५२ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसरी पक्राउ पर्नेहरुमा जिल्ला सिराहा लहान नगरपालिका वडा नं १७ घर भएकी ४५ वर्षकी लिलादेवी राम र लाहान नपा वडा नं ८ बस्ने वर्ष ४०की अस्मिता राम रहकेको र दुबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया