चाडपर्व लक्षित ट्राफिक वाक कार्यक्रम सम्पन्न


काठमाडौँ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित ‘ट्राफिक वाक’ कार्यक्रम आज सम्पन्न भएको छ। ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ नारासहित रानीपोखरीदेखि रामशाहपथसम्म जनचेतनामूलक र्‍याली निकालिएको थियो।

कार्यक्रमको औपचारिक समारोहमा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्वलाई सुरक्षित बनाउन ट्राफिक नियम पालना अपरिहार्य रहेको बताए। विशिष्ट अतिथि डा। ओममुर्ति अनिलले यस्तो सामाजिक अभियानको प्रशंसा गर्दै मादक पदार्थ र तीव्र गति सवारीप्रति सचेत रहन आग्रह गरे।

कार्यक्रममा ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानालगायतले सम्बोधन गरेका थिए। जनपद प्रहरी, ट्राफिक प्रहरी, महानगर प्रहरी र सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।