काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुले प्रभाव जमाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।
राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया