काठमाडौं ।
काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट ठूलो क्षति भएको छ।
आठ अर्ब लगानीमा सन्चालनमा आएको यो प्रिमियम होटलमा आगो लागेपछि माथिल्लो तलासम्म कालो धुँवाले ढाकिएको छ भने झ्यालका सिसा फुटेका र फर्निचरहरू जलेका छन्।
शनिबार अर्थमन्त्री रामेश्वर खनालले होटल पुगेर क्षतिको अवलोकन गरेका छन्। संसारकै चर्चित हिल्टन ब्रान्ड नेपालमा शंकर ग्रुपले भित्र्याएको हो, जुन नेपाल प्रहरीको केन्द्रीय कार्यालय नजिकै अवस्थित छ।











प्रतिक्रिया