काठमाडौँ ।
जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबार दिउँसो १ बजे आफ्नै निवास गुण्डुमा आह्वान गरेका हुन्।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा देशको समसामयिक अवस्था, आन्दोलनपछिको पार्टी भूमिका, संगठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय गरिनेछ।











प्रतिक्रिया