मन्त्री पुनद्वारा जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाको जानकारी


काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

उनले उपचारमा कुनै कमी नहोस् भनेर चिकित्सकलाई आग्रह गरे। मन्त्री पुनका अनुसार एक जना आइसियुमा छन् भने अन्यको अवस्था सुधार हुँदै गएको छ।

आन्दोलनका क्रममा दुई हजारभन्दा बढी घाइते भएका थिए र अझै ५० भन्दा बढीको उपचार जारी छ। मन्त्री पुनले आन्दोलनकारीले उठाएका मागप्रति सरकार गम्भीर रहेको बताए।