चोरीका घटनालाई टेवा पुग्ने खालका विषयलाई सामाजिक संजालमा पोष्ट नर्गन रोटरी क्लब अफ बुटवलको सुझाव

4.51k
Shares

बुटवल ।

रोटरी क्लब अफ बुटवलले चाड पर्वको समयमा चोरीका घटनालाई टेवा पुग्ने खालका विषयलाई सामाजिक संजालमा पोष्ट नर्गन सुझाव दिएको छ ।

रोटरी क्लब अफ बुटवललद्धारा आयोजित विजयादशमी, शुभ दीपावली, छड र नेपाल संम्बतको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारवाट कारागार जलाएर कैदीहरु बाहिर आएकाले चाडपर्वको समयमा ती कैदीहरुवाट चोरीका घटना हुन सक्ने संभावना अधिक रहेकाले घरवाट वाहिर जाने सन्देश दिने खाले विषयलाई सामाजिक संजालहरुमा पोष्ट नर्गका अध्यक्ष कृष्ण पराजुलीले सुझाव दिनु भयो ।

उहांले चाडपर्वलाई भडकिलो नभई सबैले मान्न सक्ने गरी मनाउन रस्वास्थ्यलाई ध्यानमा राखेर खानपान गर्न पनि सुझाउनु भयो । अध्यक्ष पराजुलीले मुलुकमा राम्रो हुने भाष्य श्रृजना गर्ने तर्फ हाम्रा चाडपर्वहरुले हामी सबैलाई सदबुद्धि मिलोस भन्दै गांउ टोल र बस्तीको सुरक्षाका लागि टोल सुरक्षा समिती गठन गरी गस्ती गर्न पनि जोड दिनु भयो ।

कार्यक्रममा सहभागी क्लवका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जेन्जी आन्दोलनका क्रममा देशका धरोहर नै समाप्त भएको तर्फ चिन्ता व्यक्त गदै यसले देशको ५० वर्षलाई पुग्ने सम्पतीको नोक्शान भएको सुनाउनु भयो । चाड पर्वमनाउदा स्वास्थ्यलाई खाल राखी मनाउन समेत उहांले शुभकामना दिनु भयो ।

रोटरिएन दिवाकर घिमिरेले जेन्जी आन्दोलनले ८४ मा हुने निर्वाचन ८२ मा गर्ने गरी मिती तोकिनुलाई उपलब्धी मान्न नहुने तर्क गर्नु भयो । क्रटना क्रम हेर्दा पुन अर्को आन्दोलन हुन सक्ने संभाबना रहेकाले सबै सचेत रहन पनि उहांले सुझाव दिनु भयो ।
कार्यक्रममा रोटरिएन दया भण्डारीले बैठकको उपस्थिती र आर्थिक संकलनका वारेमा प्रकाश पार्नु भएको थियो ।