काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा सिफारिस गरेको छ । स्रोतका अनुसार प्रधान कार्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले तीन जना एसएसपीको सरुवा गर्ने तयारी थालेको छ ।
यसअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा पठाउने सिफारिस भएको छ । संगठनभित्र अब्बल र अनुसन्धान क्षेत्रमा दक्ष अधिकृतका रूपमा चिनिएका बोगटी यसअघि पनि ठूला अनुसन्धानमा सक्रिय मानिँदै आएका छन् ।
त्यसैगरी, हाल ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालय फिर्ता पठाउने सिफारिस भएको छ । यस्तै, कर्णाली प्रदेश प्रहरीमा कार्यरत एसएसपी शिवकुमार श्रेष्ठलाई सिआइबीमा सरुवा गर्ने तयारी भएको छ ।
यसअघि पनि प्रहरी नेतृत्वमा निरन्तर सरुवा र फेरबदल भइरहेको छ । करिब एक साताअघि मात्रै काठमाडौं र भक्तपुरका प्रहरी प्रमुखहरूको सरुवा गरिएको थियो ।











प्रतिक्रिया