सिन्धुलीको आँटी फल दसैंमा कोसेलीका रूपमा लोकप्रिय

3.67k
Shares

काठमाडौं ।

दसैंको अवसरमा सिन्धुलीको बीपी राजमार्ग हुँदै यात्रा गर्नेहरूका लागि जंगली फल आँटी कोसेलीका रूपमा लोकप्रिय बन्दै गएको छ।सेल्फीडाडाँ ,स्वलाभन्जयाङ्ग , खनियाखर्क ,घ्याम्पे, नेपालथोक, खुर्कोट, मुलकोट लगायत स्थानहरूमा प्रतिकिलो १०० रुपैयाँ देखि १५० सम्ममा बिक्री हुने गरेको छ ।आँटी जंगलमै प्रशस्त पाइन्छ। ‘सरिफा’ भनेर चिनिने यो फलको माग बढेपछि किसानले व्यवसायिक खेतीसमेत थालेका छन्।

पहिले जंगलमा कुहिने आँटी अहिले बजारमै बिक्री हुन थालेपछि किसान र व्यापारी दुवै उत्साहित छन्। राजमार्ग छेउमा अस्थायी पसल राखेर बिक्री गर्ने चलन बढेको छ। खासगरी सुनकोसी गड्तीर क्षेत्रमा उत्पादन हुने आँटी अब स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने स्रोत बनेको छ।