काठमाडौं ।
२०८१ असोजको बाढीपहिरोबाट घर गुमाएका काभ्रेपलाञ्चोकका ३,१२८ पीडित परिवारलाई सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले करिब ७ करोड ७९ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।
तर दोस्रो किस्ताको रकममध्ये करिब ४ करोड रुपैयाँ स्थानीय तहहरूले माग नगर्दा थन्किएको अवस्थामा रहेको छ। हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले मात्र दोस्रो किस्ताको रकम माग गरी वितरण गरेका छन्।
स्थायी आवास निर्माणका लागि विस्तृत क्षति मूल्यांकन (डिडिए) सुरु गरिएको करिब ६ महिना भइसक्दा पनि अधिकांश स्थानीय तहको तथ्याङ्क अधुरो छ। हालसम्म रोशी गाउँपालिकाको मात्र डिडिए कार्य सम्पन्न भएको हो।
बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ८१ जनाको मृत्यु, ६ जना बेपत्ता र करिब १०० जना घाइते भएका थिए।











प्रतिक्रिया