काठमाडौं।
धनुषा, लक्ष्मीनिया गाउँपालिका-१ सोहनीस्थित सडकमा म. प्र.-०२-००६ प ५४२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक मिथिला नगरपालिका-२ बस्ने ३२ वर्षीय सरोज महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, धनुषा कमला नगरपालिका-२ माची टोलस्थित सडकमा बीआर३२ एस ७९८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक जनकनन्दिनी गाउँपालिका-५ बनरझुला बस्ने १८ वर्षीय अमित यादव र मोटरसाइकलमा सवार १९ वर्षीय राहुल महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपी चोकमा सु.प.प्र.०१-००१ क १६९० नम्बरको ट्रकमा से.५ प. ३४१४ नम्बर मोटरसाइकल ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१२ बस्ने १८ वर्षीय अनिस सिंह र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय गणेश कुँवर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, विराटनगर महानगरपालिका-७ स्थित सडकमा बि.१ ह ०२६२ नम्बरको सिटी सफारीको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१४ बस्ने ७५ वर्षीय चक्र प्रसाद निरौलाको मृत्यु भएको छ । बिहीबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । हाल फरार सिटी सफारी चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका-१४ स्थित सडकमा भे.८ प २२३५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बढैयाताल गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रदिप ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिराहा, लहान नगरपालिका-१ मटिअर्वास्थित सडकमा प्र.२-०१-००२ प ५०८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय जिवन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया