बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त, अर्थमन्त्रीसमक्ष लिए शपथ


काठमाडौँ।

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको बैठकले शर्मालाई अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।

अध्यक्षमा नियुक्त भएका शर्माले अर्थमन्त्री रामेश्वर खनालसमक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । शर्माले आजै कार्यभार सम्हाल्ने बताइएको छ।