अखाद्य वस्तु विक्रिलाई अनुगमन समितिको जरिवाना

3.29k
Shares

धादिङ ।

बजारमा अखाद्य वस्तु विक्रि गर्ने, म्याद सकिएका सामा पिक्रि गर्ने पसलेहरुलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको छ ।

नजिकिँदै गरेको चाडपर्व लाई लक्षित गरि जिल्ला अनुगमन समिती धादिङले बजार अनुगमनलाइ तिब्रता दिएको छ ।

चाडपर्वको समयमा उपभोक्ता हरु ठगिन सक्ने भन्दै अनुगमन समितिले जिल्लाको निलकण्ठ नगरपालिकाको वडा नं ३ र ८ मा संचालित विभिन्न खाद्यन्न तथा तरकारी पसल र होटलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा समितिले निलकण्ठ नगरपालिका वडा नं ८ को गुप्ता सप्लायर्स र वडा नं ३ को पोखरेल किराना पसल लाई क्रमशःपाँचरपाँच हजार जरिवाना गरेको छ ।

तुलसी सप्लायर्स र एवान मिठाइ एण्ड खाजा घरलाई क्रमशः १५र१५ हजार जरिवाना गरेको जिल्ला अनुगमन समितिका सदस्य सचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरिले जानकारी दिनुभएको छ ।

उपभोक्तलाई झुक्याइ म्याद गुज्रिएको सामाग्री बिक्री गरेको, रङ्ग प्रयोग भएको अखाद्य बस्तु बिक्रि गरेको, पसल सरसफाइ नभएको, सामाम किन्दा र बिक्रि गर्दा खरिद तथा बिक्रि बिल प्रयोग नगरेको र आवश्यक मापदण्ड पूरा नगरी संचालनमा रहेका उक्त पसलहरुलाई जरिवाना गरिएको हो

दशै नजिकिँदै गर्दा बजार अनुगमन तिब्र पारिएको छ ।बजारमा केहप व्यवसायीले कृत्रिम अभाव सृजना गरि महंगोमा सामान विक्रि गर्ने, अखाद्य वस्तु विक्रि गर्ने गरेको उजुरी आउने गरेको छ ।