विश्व लेखक संघको दोश्रो अधिवेसनमा नेपालका सन्तोष पोखरेलको सहभागिता

752
Shares

उदयपुर ।

नेपालका बहुचर्चित अंतर्राष्ट्रिय कवि सन्तोष कुमार पोखरेल मस्कोमा आयोजित World Congress of Writers को दोस्रो अधिवेशनमा नेपालको प्रतिनिधित्व गरी फर्किनु भएको छ ।

२०, २१ र २२ सेप्टेम्बर २०२५ मस्कोको भव्य र विशाल World Trade Center df World Peoples Assembly को साझा ब्यानर मुनी विश्व लेखक सङ्घको दोस्रो अधिवेशन सफलतापूर्वक संपन्न भएकोछ । यो विश्व सम्मेलनमा विभिन्न ६२ देशका कवि लेखकहरूको सहभागिता रहेको थियो । नेपालको साहित्यिक इतिहासमा यो लेखक अधिवेशनले अति महत्वपूर्ण स्थान लिनेछ भन्ने आशा छ ।

१९५८ को तास्कन्त अफ्रोएसियन सम्मेलनमा नवोदित मुलुकमा शान्ति र यसका निम्ति साहित्यको अनुवादका विषयमा चर्चा भएको थियो । महाकवि देवकोटाले भाग लिएको त्यस सम्मेलनमा एसिया र अफ्रिकाका प्रतिनिधिहरूको सहभागिता थियो । त्यसले तास्कन्त घोषणापत्र पास गरेको थियो।

यस पटकको महासम्मेलनमा पनि कविहरूले शान्तिका लागि आवाज उठाए । हामी मान्छे एउटै धर्र्तीका (We are people of one planet) भन्ने नारा बोकेको यो सम्मेलनमा नेपालबाट बहुभाषिक कवि सन्तोष कुमार पोखरेलले प्रतिनिधित्व गर्नुभएको थियो । विभिन्न सात गोलमेचमा शान्तिका लागि कविताको अनुवाद कला विषयमा कवि पोखरेलले विषद् व्याख्या गर्नुभएको थियो । उहाँले तयार गरेको कार्यपत्र अधिवेशनले आफ्नो वेबसाइटमा राख्नेछ ।

मस्कोमा नेपालमा भएको जेनेरेशन जी को अभूतपूर्व आन्दोलन र युवाहरूको शाहदतको समाचार सबैको चासो र नेपालको चिन्ताको बिषय भएको थियो । विश्वको राजनीतिक र परिवर्तनकामी सत्ता परिवर्तनको इतिहासमा सबैभन्दा छोटो समयमा भएको परिवर्तनबाट जेनजी पुस्ताको शक्ति र बेथितिको आक्रोसले सबै राष्ट्रले नयाँ पाठ सिक्नु पर्ने सन्देश लेखकहरुले प्रवाह गर्नु पर्ने तथ्य कुरामा केन्द्रीत रहेर बहस भएको थियो ।

सो लेखक अधिवेसनले सन्तोष कुमार पोखरेललाई कविता साहित्य अनुवादको समितिमा राखेको छ ।
कार्यक्रमको अन्त्यमा पत्रकार सम्मेलन भएको थियो र त्यहाँ कवि पोखरेलले रुसी भाषामा हामी प्रायः लडाईंको मूल कारण राजनीति वा शक्तिमा खोज्छौं । तर हामीले सनातन ज्ञानलाई सुन्ने हो भने, बुझ्न सक्छौं कि युद्धको सबैभन्दा विषालु बीउ मानवको मनमा नै हुन्छ, हाम्रा असुरक्षाका भाव र हीनता बोधको घाउ, अनि वियोगको भ्रम यी तीन कुरा नै युद्धका प्रमुख कारण हुन् भन्नु भयो ।

यस्तो संसारमा, हामीलाई हाम्रो कर्तव्यको सम्झना कसले दिलाउँछ ? कविहरूले ।
तिनका शब्दले मान्छेका मन छुनु पर्छ, कवि याचना गर्दैनन् , उनीहरूले सत्य प्रकट गर्छन्। । उनीहरूले तर्क होइन, अपितु दृष्टिकोण प्रस्तुत गर्छन्। । उनीहरूले समाजलाई दया, करुणा र मर्यादाको पाठ सिकाइरहनु पर्छ ।
कवि पोखरेललाई यस अधिवेशनमा प्रथम श्रेणीको डिप्लोमाले सम्मानित गरिएको थियो । हामी सबै नेपालीका लागि गर्वको कुरो हो ।

नेपाल र नेपालीको मन मुटुमा रहनु हुने कविजीलाई र हामी सबैलाई बधाई छ । विश्व साहित्यको इतिहासमा नेपालको भाषा, साहित्य, कला, संस्कृतिको महत्वका बारेमा यो प्रतिनिधित्वले अन्तर्राष्ट्रिय स्तरमा नै नेपाल र नेपालीको शिर ठाडो भएको छ ।