जेनजी युवाकाे आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री कार्की


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई कारबाही गर्ने बताएकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता रहेकाे बताइन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै नेपाली जनतालाई सहभागीता जनाउन समेत उनले आग्रह गरेकी छन् ।

उनले विदेशमा रहेका नागरिकलाईसमेत मतदानको व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी गराइन् । प्रधानमन्त्री कार्कीले आन्दोलनकाक्रममा नेताहरुका घरमा भेटिएको रकमका सम्बन्धमासमेत छानबिन सुरु भएको जानकारी गराइन् ।