काठमाडौं ।
आज नवरात्रको चौथो दिन देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा देवी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा सम्पन्न भइरहेको छ। धार्मिक विश्वासअनुसार देवी कुष्माण्डा सृष्टिको आदिशक्ति हुन्, जसले अण्ड (ब्रह्माण्ड) को उत्पत्ति गरेकी थिइन्। सिंहवाहिनी अष्टभुजा देवीको हातमा विभिन्न दिव्य अस्त्रशस्त्र छन्।
कुभिण्डो देवीलाई प्रिय भएकाले मन्दिरहरूमा यसको बलि दिने परम्परा छ। देवी सूर्य मण्डलमा वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजा गर्दा आयु, यश, बल, बुद्धि र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आज देशभरका नवदुर्गा मन्दिरहरूमा भक्तजनहरूको ठुलो भीड लागेको छ।











प्रतिक्रिया