पहिरोले पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ-ठाउँमा अवरोध

10.62k
Shares


धादिङ।

पृथ्वी राजमार्गको धादिङ खण्ड आजको भीषण वर्षा र हुरीबतासका कारण ठाउँ–ठाउँमा अवरुद्ध भएको छ। लगातार पानी परेसँगै पहिरो खसेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

भारी वर्षाका कारण पहिरो हटाउने काम तत्कालका लागि स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। विशेषगरी मुग्लिङ–काठमाडौं सडक खण्डमा मुग्लिङ नजिकैको घोप्टेभीर र धादिङको जवाङखोला आसपासमा नयाँ पहिरो खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको हो।

पृथ्वी राजमार्गको धादिङ खण्डमा वर्षात सुरु भएयता पटक–पटक पहिरो खस्ने क्रम बढ्दै गएको छ। आजको वर्षाले त्यसमाथि थप समस्या निम्त्याएकाले यात्रुहरू कठिनाइमा परेका छन्।