बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा


काठमाडौँ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन्। बुधबार काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन्।

बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।

साथै, केन्द्रीय समिति भंग गरी महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।

आयोजक कमिटीको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बताइएको छ।