देशको विषम परिस्थितिका कारण भदौ २७ बाट दसैंको फूलपातीका लागि रिलिज डेट सारिएको फिल्म अभिमन्यू : च्याप्टर १ अब असोज २४ गते मात्र आउने भएको छ।
निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै फूलपातीका दिन चार नेपाली फिल्म एकसाथ आउने भएपछि सो संख्या घट्ने भएकाले नयाँ मिति तोकिएको जनाएको छ। फिल्म २४ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।
सो मितिका लागि फिल्मले सोलो रिलिजको मौका पाएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीद्वारा निर्मित फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतका कलाकार मुख्य भूमिकामा छन्।
सुशान्त गौतमले निर्देशन गरेको फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक रहेका छन् भने मुकेश खनालको लेखन, शरद् महतोको डिओपी र मदन घिमिरेको सम्पादन रहेको छ।











प्रतिक्रिया