काठमाडौं ।
सरकारले गृह मन्त्रालयको सचिवमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याएको छ । दंगाल निजामती प्रशासनमा स्वच्छ र निर्भिक छवि भएका प्रशासकका रुपमा परिचित हुनुहुन्छ ।
गत २३ र २४ गते भएको जेनजी आन्दोलनमा सबैभन्दा मार खेपेको प्रहरी प्रशासनको मनोबल उच्च बनाई ध्वस्त भएका सयौैं प्रहरी र प्रशासन कार्यालयहरु पुनर्निर्माण गर्नुपर्ने तथा मुलुकको समग्र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्नुपर्ने प्रशासनिक दायित्व सचिव दंगालको काँधमा आएको छ ।
यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरिएको छ । योजना आयोगका सुमन अर्याललाई रक्षा मन्त्रालयमा लगिएको छ । यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगिएको छ ।











प्रतिक्रिया