मोरङ ।
विराटनगर–१७ बाट स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित विराटनगर–१८ का ४१ वर्षीय बिरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल (को.३८ प ५८५१) सवार उनलाई मटेरुवा अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया