उदयपुर ।
उदयपुर जिल्ला भित्रका विविध क्षेत्रका उद्यमी व्यवसायीहरुले मंगलबार गाईघाटमा आयोजित एक कार्यक्रममा जिल्लाका स्थानीय तहहरुले उद्यम व्यवसाय क्षेत्रमा करको दायित्व बढी भएकोले छुटको व्यवस्था हुनु पर्ने माग गरेका छन ।
जितिया पर्व,वडा दशैं, दिपावली, नेपाल सम्बत , छठ पवका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उदयपुरका उद्यमी व्यवसायीहरुले स्थानीय तहहरुसँग कर छुटको माग गरेका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपाल उदयपुर जिल्ला शाखा, त्रियुगा नगर शाखा, काष्ठ फर्निचर तथा फर्निसिङ व्यवसायी संघ उदयपुर शाखा, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिति उदयपुरको आयोजनामा भएको वडा दशै, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उद्यमी व्यवसायीहरुले स्थानीय तहहरुसँग कर छुटको माग गरेका हुन् ।
सो कार्यक्रममा प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले अहिले देशमा भएको जेनजी आन्दोलनले देशको अर्थतन्त्रमा ठूलो असर परेको र व्यवसायीहरु पनि थला परेको अवस्था रहेकोले दुख प्रकट गर्दै उद्यमी व्यवसायीहरुलाई कसरी राहत दिने भन्ने विषयमा छलफल गरेर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राईले जेनजी आन्दोलनले सत्ता परिवर्तन परिवर्तन भए पनि तोडफोड तथा आगजनी जस्ता विध्वंसात्मक, सामाजिक विकृति ल्याएकोले यसको असर उद्यम व्यवसायमा परेको छ । साथै आन्दोलनले समाजसेवामा लागेका व्यक्तिहरुको धन सम्पतिमा हानी नोक्सानी गरेकोमा दुखः व्यक्त गरिन् ।
सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष मधुकर थापाले स्थानीय तहले साना घरेलु तथा मझौला उद्यम व्यवसायमा संलग्न उद्यमी व्यवसायीहरुले अनावश्यक करको भार खेप्नु परेकोले सो अनावश्यक कर छुटको माग गर्दै उदमी व्यवसायीहरुले स्वतन्त्र रुपले उद्यम व्यवसाय संचालन गर्न पाउनुपर्ने अधिकार स्थापित गर्नु आजको आवश्यकता भएकोले यस बारेमा पनि स्थानीय तहले आवश्यक पहल गर्नु पर्ने बताए ।
नेपाल घरेलुु तथा साना उधोग महासंघ उदयपुरका बरिस्ठ उपाध्यक्ष एवम् नेपाल कपडा तथा सिलाई ब्यबसायी संघका अध्यक्ष ज्ञानु प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रम को स्वागत मन्तब्य डिबि कटुवाल र संचालन मणिराज कार्किले गर्नु भएको थियो ।
सो कार्यक्रममा कोसेली गार्मेन्ट उद्योगकी संचालिका समेत रहेकी महासंघ उदयपुरकी वरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधान, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरकी कोषाध्यक्ष प्रमिला परियार, नेपाल काष्ठ फर्निचर तथा फर्निसिङ व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शर्मा लगायतका वक्ताहरुले आ आफ्नो मन्तव्य दिएका थिए ।












प्रतिक्रिया