काठमाडौं ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा मंगलबार दिउँसो ३:२० बजे ठूलो सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
चितवनका एसपी गोविन्द पुरीका अनुसार, निरन्तर पहिरो खसिरहेकाले सडक भासिने जोखिमसमेत रहेको छ। पहिरो पन्छाउन कठिनाइ भइरहेको र सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यसअघि पन्छाइएको पहिरोपछि बाटो खुलेको थियो, तर फेरि पहिरो खस्दा सडक पुनः बन्द भएको हो। सडक विभागले काठमाडौं आउन–जान वैकल्पिक तीन मार्ग प्रयोग गर्न आग्रह गरेको छ।











प्रतिक्रिया