काठमाडौं ।
‘जेनजी’ आन्दोलनका क्रममा राजधानीमा हिंसा चर्किँदा दुई प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।काठमाडौं प्रहरी परिसरका अनुसार, भदौ २४ गतेको प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरिएको थियो।
उक्त घटनामा संलग्न भएको अभियोगमा काभ्रेका युवराज क्यापछाकीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार, क्यापछाकीमाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका युवक प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमणमा संलग्न रहेको तस्बिर र भिडियो फुटेजका आधारमा पुष्टि भएको अनुसन्धानले देखाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएअनुसार, प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न अन्यको खोजी पनि तीव्र रूपमा भइरहेको छ।यसअघि, भदौ २३ गते, सामाजिक सञ्जाल निष्क्रियता र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले काठमाडौंमा व्यापक प्रदर्शन गरेका थिए।
उक्त दिनको झडपमा प्रहरीले चलाएको गोलीबाट १९ जना युवाको ज्यान गएको पुष्टि भएको छ।त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते, आन्दोलन अझै चर्किएको थियो र देशैभर प्रदर्शनहरू फैलिएका थिए।











प्रतिक्रिया