काठमाडौं ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत सिन्धुली जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
विजय दशमी, तिहार र छठ पर्वको अवसरमा सवारी चाप बढ्ने भएकाले यात्रुलाई हुने असुविधा कम गर्न र ठगी नियन्त्रण गर्न ६ स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।
प्रहरी उपरीक्षक लालध्वज सुबेदीका अनुसार, यात्रु सहायता कक्षले अत्याधिक भाडा, सामान हराउने, क्षमता भन्दा बढी यात्रु राख्ने समस्यामा चाँडो सुनुवाइ गर्नेछ।
सिन्धुली सदरमुकामको बसपार्क, खुर्कोट बजार, छाप (कपिलाकोट), भिमान र डकाहा (दुधौली) मा २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ।















प्रतिक्रिया