काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले दुई वर्षअघि निकालेको सूचनाअनुसार मंगलबारदेखि दुर्गम गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण सुरु गरेको छ। देशभरका ३५ दुर्गम तथा मापदण्ड अनुसार छनोट गरिएका गाउँपालिकालाई प्राथमिकतामा राखेर एम्बुलेन्स दिन थालिएको हो।
महानगरले २०८०र८१ को बजेटमा सात करोड रुपैयाँ छुट्याएर असोज १० गते निवेदन मागेको थियो। सोही आधारमा पारदर्शी मापदण्ड बनाएर एम्बुलेन्स वितरण सुरु गरिएको हो।
जेनजी आन्दोलनपछि आलोचित भएका मेयर बालेन शाहले आइतबार सामाजिक सञ्जालमार्फत वितरण सुरु हुने जानकारी दिएका थिए।
महानगरले स्वास्थ्य सेवाबाट वञ्चित गाउँपालिकाहरूलाई प्राथमिकता दिएको जनाएको छ।












प्रतिक्रिया