ऊर्जा मन्त्री घिसिङ र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा राजदूत फेनले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

उक्त भेटमा नेपाल–बेलायत सम्बन्ध, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सहकार्य, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण लगायतका विषयमा छलफल भएको थियो। मन्त्री घिसिङले चार्जिङ स्टेसन स्थापनामा बेलायती सहयोग प्रभावकारी रहेको उल्लेख गर्दै, सार्वजनिक निजी साझेदारी मोडेल, ग्रिन हाइड्रोजन तथा हिमताल विस्फोट जोखिम अध्ययनमा सहयोगको आग्रह गरेका थिए।

राजदूत फेनले नेपाललाई आर्थिक रूपान्तरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।