अनमोल र आँचल रोमान्टिक लभ बर्ड


अनमोल केसी स्टार फिल्म जेरी अन टपमा समावेश कस्तुरी बोलको गीत सोमबार युट्यूबमार्फत वर्ल्ड प्रिमियर गरिएको छ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई फिचर्ड गरिएको छ। मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यमा कैद गरिएको भिडियो उच्च मेकिङका साथ कलरफूल देखिएको छ। भिडियोको कोरियोग्राफी किरण थापाले गरेका छन्। भिडियोमा अनमोल र आँचललाई रोमान्टिक लभ बर्डको रूपमा चित्रित गरिएको छ।

आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार पारेका छन्। वाइबाकै शब्द रचना र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ रहेको छ।

सुयोग गुरुङको निर्देशनमा बनेको फिल्ममा अनमोल र आँचल साथमा जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगयात प्रमुख अभिनयमा छन्। सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित फिल्ममा अभिनेत्री सुरक्षा पन्तले विशेष भूमिका निर्वाह गरेकी छन्।

आगामी असोज ३१ गते रिलिजमा आउने फिल्म अनन्या फिल्म्स्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुति तथा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको निर्माणमा बनेको हो। अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माता रहेको फिल्ममा कथा हेमराज बिसी, पटकथा विश्वास तिम्सिना, संगीत कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठ तथा छाया“कन दुलिप रेग्मीको रहेको छ।