मुग्लिन–मलेखु सडक खण्ड अवरुद्ध


काठमाडौँ।

मुग्लिन–काठमाडौँ सडकखण्डको मुग्लिन–मलेखु भागमा बिहान सुक्खा पहिरो खसेपछि दुबै तर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवानखोलामा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र अझै पनि पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल सफाइ कार्य गर्न नसकिने प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार, यात्रु तथा सर्वसाधारणलाई आफू पाएको ठाउँमा सुरक्षित रहन, लेन अनुशासन कायम गर्न र आवश्यक परे वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।