दैलेख।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख टङ्कबहादुर कार्की घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले कार्कीलाई सेवाग्राहीसँग लिएको नगद एक लाखसहित सुर्खेतमा नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार सातौँ तहका वरिष्ठ लेखा अधिकृत कार्कीलाई आइतबार राति वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट पक्राउ गरिएको हो । गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको आयोगका केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
पक्राउ परेका कार्कीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।











प्रतिक्रिया