हेटौंडामा तीन सवारी ठोक्किँदा ३१ जना घाइते


काठमाडौँ।

मकवानपुरको हेटौंडा–१९ दारिमटारमा एकसाथ ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दारिमटार मा एकैपटक तेल ट्यांकर, मालबाहक ट्रक र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार थप विवरण संकलन भइरहेको र घटनास्थलमा प्रहरी टोली परिचालित गरिएको छ ।